काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएकाे छ ।
सरकारकाे नीति तथा कार्यक्रमाथि राष्ट्रिय सभामा आजदेखि छलफल सुरु हुँदैछ । जेठ गते बसेकाे राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिकाे बैठकले जेठ ७, ८ र ९ गते नीति तथा कार्यक्रममाथि छलफल चलाउने निर्णय गरेकाे थियाे ।
यद्यपि आज बैठक बस्ने समय सार्वजनिक गरिइपनि सम्भावित कार्यसूची भने सार्वजनिक भएकाे छैन ।
