काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद् अनिसा नेपालीले उखु किसानका समस्या समाधान गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् नेपालीले उखु किसानलाई अनुदान दिने भनेर पटक-पटक निर्णय गरेपनि सरकारले आफ्नै निर्णय कार्यान्वयन नगरेकाेमा आपत्ति जनाउनुभयाे ।
'सरकारले उखु किसानलाई पैसा दिने भनेर पटक-पटक निर्णय गर्छ, तर किसानले आफ्नाे पसिनाकाे मूल्य पाएका छैनन्, त्यसैले त माइतीघरमा आन्दाेलन गर्न वाध्य छन्'- उहाँले भन्नुभयाे ।
सांसद् नेपालीले याे सरकार कसले चलाएकाे छ भन्दै प्रश्न गर्नुभयाे । 'याे देशमा सरकार कसले चलाएकाे छ ? विचाैलियाले कि ? जनताले ? किन सरकारले आफ्नाे निर्णय कार्यान्वयन गर्न सक्दैन ? जवाफ पाउँ'- उहाँले भन्नुभयाे ।
