काठमाडाैं । नेकपा एमालेकी सांसद् ईश्वरी घर्ती मगरले सगरमाथाकाे सफल आराेहण गरेका हरि बुढामगरलाई सम्मान गर्न सरकारसँग माग गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् घर्तीले दुवै खुट्टा नभइर पनि सगरमाथाकाे सफल आराेहण गरेर विश्व कीर्तिमान कायम गरेका हरिलाई सम्मान गर्न सरकारसँग माग गर्नुभयाे ।
केही महिनाकाे प्रयासपछि सगरमाथाकाे सफल आराेहण गरेर साेमबार काठमाडाैं आउन लागेका हरिलाई विमानस्थलमै पुगेर स्वागत गर्न उहाँले माग गर्नुभयाे ।
बुढामगर जेठ ५ गते दिउँसो सगरमाथाको चुचुरोमा पुग्नुभएकाे थियाे । घुँडाभन्दा माथि दुवै गोडा काटिएका बुढामगर दुवै गोडा गुमाएका सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति हो ।
