काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् असिम शाहले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका केही व्यक्तिलाई उम्क्याउन खाेजिएकाे भन्दै सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् शाहले सम्पर्कबिहीन भनिएका सांसद् संसद्मा देखिएकाे भन्दै साेधपुछ भयाे कि भएन भनेर प्रश्न गर्नुभयाे ।
कांग्रेस सांसद् मञ्जु खाँडप्रति लक्षित गर्दै उहाँले भन्नुभयाे - 'नक्कली शरणार्थी प्रकरणकाे चलचित्रमा थुप्रै पर्दाका खलनायक देखा परे तर अझै धेरै जना पर्दामा नल्याइ लुकाउने प्रयास गरिएकाे छ भनेर सुनेका छाैं सम्पर्कबिहीन भनिएकी एक सांसद् संसद्मा उपस्थित भइन्, त्यसपछि उनलाई साेधपुछमा ल्याइयाेकि ल्याइएन ? विभिन्न माध्यमबाट नाम आएका अडियाे समेत सार्वजनिक भएका संदिग्धहरुसँग किन एकपटक पनि साेधपुछ भएन ।'
सांसद् शाहले प्रमुख ३ पार्टी मिलेर टाकटुक मिलाएकाे कुरा संसद् देशभरि फैलियाे त्याे गन्ध के हाे ? भन्दै प्रश्न समेत गर्नुभयाे ।
