काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारकाे नीति तथा कार्यक्रम असफलताकाे दस्तावेज भएकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा बाेल्दै अध्यक्ष ओलीले राजश्व संकलन गर्न सकेनाैं भनेर सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न मिल्छ भन्दै प्रश्न गर्नुभयाे ।
कूटनीतिक समुदायसँग भएकाे ब्रिफिङमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशकाे अर्थतन्त्र खराब रहेकाे र राजश्व समेत उठाउन नसकिएकाे बताउनुभएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । राजश्व उठाउने प्रमुख दायित्व सरकारकाे भएकाे अध्यक्ष ओलीले बताउनुभयाे ।
उहाँले प्रश्न गर्नुभयाे - 'सरकार प्रमुखले दातृ समुदायसँगकाे ब्रिफिङमा राजश्व संकलनमा गर्न कठिनाइ भएकाे उल्लेख गर्न मिल्छ ? राजश्व संकलन गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न मिल्छ ? राजश्व उठाउने अनिवार्य प्राथमिक कर्तव्य सरकारकाे हाेइन र ? सरकार त आफ्नाे प्रारम्भिक कर्तव्यमै असफल भएकाे छ, त्यही असफलताकाे दस्तावेजका रुपमा याे नीति कार्यक्रम आएकाे छ ।'
