काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भूमिका लागि भारतसँग बोल्न सरकार डराएकाे बताउनु भएकाे छ ।
शुक्रबार प्रस्तुत भएको आगामी वर्षको नीति तथा कार्यक्रमबारेको छलफलमा आफ्ना भनाइ राख्दै एमाले केपी शर्मा ओलीले आफ्नो भूमिका लागि भारतसँग बोल्न सरकार डराएकाे बताउँदै डराउनु नहुने बताउनु भएकाे छ ।
‘सरकारले अहिले दशैँ औँला थिच्दा पनि पिनायोको होइन विभत्स आवाज मात्रै आएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन यो सरकारलाई थाहा छैन’, उहाँले भन्नुभयाे, 'भारत हाम्रो छिमेकी मित्र राष्ट्र हो। मित्रसँग आफ्ना समस्या किन खुलस्त राख्न नसकेको? भारतसँग बोल्दा चिसोपन र कायर मन पनि राख्नु भएन। काँतर मन र चिसोपन गरेर नबोलौँ ।’
'छिमेकीसँग आफ्ना समस्या भन्न नसक्ने, बोल्न नसक्ने रआफ्ना कुरा राख्न नसक्ने सरकार हुनु चिन्ताजनक विषय हाे । मित्रसँग मित्रका रुपमा खुल्ला रुपमा कुरा राख्नुपर्यो' उहाँले भन्नुभयाे- 'छिमेकी मित्रहरुसँगको सम्बन्धलाई कसरी अघि बढाउने यो सरकारसँग कुनै योजना छैन । कालापानी क्षेत्रमा नयाँ संरचना बन्दै गरेको समाचार आएको छ। यो हो कि होइन प्रधानमन्त्रीले जवाफ दिनुपर्छ।’
