काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले ल्याएकाे नीति तथा कार्यक्रमाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएकाे छ ।
प्रतिनिधि सभामा जेठ ७ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएकाे हाे । छलफल जेठ ११ गतेसम्म जारी रहनेछ । नीति तथा कार्यक्रममाथि सांसद्ले उठाएका प्रश्नकाे जेठ साेही दिन नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुहनेछ ।
सरकारले ल्याएकाे नीति तथा कार्यक्रमाथि २० जना सांसद् संशाेधन प्रस्ताव दर्ता गराएका छन् ।
राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारकाे आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सरकारकाे नीति तथा कार्यक्रम जेठ ५ गते संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा प्रस्तुत गर्नुभएकाे थियाे ।
