काठमाडाैं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले शुन्य समयको नाम परिवर्तन गर्न माग गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् खतिवडाले यस समयमा बाेलेका कुराकाे सम्बाेधन नभएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
'शुन्य समयलाई जिरो समयको रुपमा होइन, यसको नामाकरण गरियोस्, यसलाई मन्त्रीले सुन्ने समय भन्ने राखियोस्, नभए यो जिरो नै हुने भयो, यसमा सबैको ध्यान जाओस्'- उहाँले भन्नुभयाे ।
संसदीय सुनुवाइ समिति नहुँदा १ लाख ६८ बढी मुद्दाकाे सुनुवाइ थाती रहेकाे भन्दै सांसद् खतिवडाले छिटाे भन्दा छिटाे प्रधानन्यायाधीश नियुक्तिकाे व्यवस्था मिलाउन समेत सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
