काठमाडाैं । नेकपा एमालेका सांसद् गाेकुल बास्काेटाले एमाले लाेकतन्त्र, राष्ट्रियता स्वाधिनता, सामाजिक न्यायसहितकाे परिवर्तनकाे पुर्नजागरण र राष्ट्रिय आत्मविश्वास निर्माणकाे विश्वविद्यालय भएकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिकाे छलफलमा भाग लिँदै सांसद् बास्काेटाले माओवादी सांसद् माधव सापकाेटालाई जवाफ फर्काउँदै त्याे विश्वविद्यालयकाे भिसी केपी ओली भएकाे बताउनुभयाे ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सम्बाेधन गर्नुभएका ओलीलाई सापकाेटाले हेडमास्टरकाे संज्ञा दिनुभएकाे थियाे । त्यसकाे जवाफमा आज बास्काेटाले केपी ओलीलाई त्यति उपाधिले नपुग्ने बताउनुभयाे । केपी ओली प्राेफेसर,इञ्जिनियर आर्किटेक सबै सबै भएकाे उहाँले बताउनुभयाे ।
गल्ती-कमजाेरी लुकाउन प्रतिपक्षी नेतामाथि प्रहार गर्ने काम सत्तापक्षबाट भएकाे भन्दै सांसद् बास्काेटाले आपत्ति जनाउनुभयाे । 'हेडमास्टर भन्नुभयाे, हामी आक्राेशित छैनाैं, एमाले लाेकतन्त्रकाे, राष्ट्रियता स्वाधिनताकाे, सामाजिक न्यायसहितकाे परिवर्तनकाे पुर्नजागरण र राष्ट्रिय आत्मविश्वास निर्माणकाे विश्वविद्यालय हाे, त्यसैले तपाइँहरुले दिएकाे उपाधि हामीलाई पुग्दैन, केपी ओली याे विश्वविद्यालयकाे भिसी हाे, प्राेफेसर डाक्टर हाे, इञ्जिनियर हाे, आर्किटेक्ट हाे सबै हाे, तपाइँहरुले कम्तिमा सिक्न पाउनुभयाे म बधाई भन्न चाहान्छु'- उहाँले भन्नुभयाे ।
गल्ती कमजाेरीलाई स्वीकारेर सुल्टाे बाटाेमा हिँड्न सत्तापक्षलाई सांसद् बास्काेटाले सुझाव दिनुभयाे । उहाँले भन्नुभयाे - 'इन्फरमेशन, रिफर्मेशन र ट्रान्फर्मेशनकाे सामाजिक विकासकाे मान्यतालाई तपाइँहरुले ग्रहण गर्नुस् सुल्टाेबाट याे हुन्छ हाेला ।'
तथ्यकाे खडेरीपरेपछि यस्ता खालका कुरा आउने उहाँले बताउनुभयाे । केपी ओलीलाई देखाएर जिम्मेवारीबाट पन्छिएकाेमा सरकारलाई सांसद् बास्काेटाले अग्रिम बधाई दिनुभयाे ।
