काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् स्वर्णिम वाग्लेले सरकारले ल्याएकाे नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएकाे दस्तावेज भएकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद् वाग्लेले याे कर्मकाण्डी मात्रै भएकाे बताउनुभयाे । नीति तथा कार्यक्रममा नवीनता, ऊर्जा, प्रेरणा, महत्वाकांक्षा इत्यादिको कसीमा हामी अझ राम्रो गर्नसक्ने अवस्था भएको उहाँले बताउनुभयाे ।
नीति तथा कार्यक्रममा सुधार्नुपर्ने धेरै विषय रहेपनि उत्ताउलाेपन देखाउन भने आवश्यक नरहेकाे सांसद् वाग्लेले बताउनुभयाे । उहाँले बजेट अधिवेशन नीति तथा कार्यक्रमबाट सुरु गर्न र विनियाेजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई बजेट वक्तव्यमै समावेश गर्न सरकारलाई सुझाव दिनुभयाे ।
आशा जगाउने बजेट ल्याउन पनि सांसद् वाग्लेले सरकारलाई सुझाव दिनुभयाे ।
