काठमाडौं । प्रतिनिधि सभा सदस्य हरि ढकालले सरकारले ल्याउने नीति कार्यक्रम लगातार कपि पेष्टको रूपमा आएका भन्दै आलोचना गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै ढकालले संसदमा केवल बजेट महातमे चल्ने भन्दै उहाँले त्यसको आलोचना गर्नुभयो । २०४८ सालको असार १७ गते प्रस्तुत भएको सरकारकारको नीति तथा कार्यक्रम र अहिलेको नीति तथा कार्यक्रममा केही फरक नभएको उहाँले बताउनुभयो ।
मन्त्रीले आफ्नो क्षेत्रमा बजेट पार्ने रस्साकस्सी र माफियाले बजेटमा आफ्नो पोलिसी कसरी छिराउने रस्साकस्सी मात्रै सरकारको बजेट तथा कार्यक्रमका हुने गरेको उहाँले बताउनुभयो ।
सरकारले नीति तथा कार्यक्रममा चिप्लिएको बताउँदै ढकालले चिप्लिँदैमा नलडिने तर्फ सचेत गराउनुभयो । ‘सरकार नीति तथा कार्यक्रममा चिप्लिएको छ, हामी रचनात्मक सहयोग गरेर लड्न दिँदैनौँ भनेका छौँ, सरकार तयार छ, हाम्रा सुझावहरू मान्नलाई ?’, उहाँले प्रश्न गर्नुभयो ।
बैठकमा बोल्दै ढकालले राज्य कोषको पैसा मैले हालिदिएको भन्दै नहिँड्न मन्त्रीहरूलाई चेतावनी दिनुभयो । यदि त्यसो गरियो भने यो राज्य कोषको पैसा हो भन्न राष्ट्रिय स्वतन्त्र पार्टी आउने उहाँले बताउनुभयो । ‘मैले लिएर आएको पैसा भन्नुभयो भने हामी राज्यले हालेको पैसो हो खबरदार भन्न जाँदै छौँ’, उहाँले भन्नुभयो ।
देश निर्माणको लागि नीत बनाउँदै नबनाएको उहाँले बताउनुभयो । संसदमा बजेट माहात्म्य चलेको र जेठ १५ गते त्यसको साङ्गे हुने उहाँले बताउनुभयो ।
