काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले वैशाख ५ गते संघीय संसद्मा पेस गर्नुभएकाे आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठकले सरकारकाे नीति तथा तथा कार्यक्रम बहुमतले पारित गरेकाे हाे ।
नीति तथा कार्यक्रममाथि सांसद्हरु तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा. बिमला राई पौड्यालले राखेको संशोधन बैठकबाट बहुमतले अस्वीकृत भएकाे थियाे ।
त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रम पारित गरियाेस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि सांसद्ले राखेको जिज्ञासा र प्रश्नकाे जवाफ दिनुभएकाे थियाे ।
राष्ट्रिय सभामा जेठ ७ गतेदेखि नीति तथा कार्यक्रमाथि छलफल सुरु भएकाे थियाे । राष्ट्रिय सभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३:१ बजे बस्नेछ ।
