काठमाडाैं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दैछ ।
संघीय संसद् नयाँ बानेश्वरमा अपरान्ह ४ बजे बस्नेगरी बैठक बाेलाइएकाे हाे । बैठकमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८० पेस गर्ने सम्भावित कार्यसूची छ ।
त्यसअघि बिहान ११ बजे प्रतिनिधि सभाकाे बैठक बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ ।
