काठमाडाैं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेशन आह्वान गर्नुभएकाे छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्काे सिफारिसमा बुधबार प्रदेश प्रमुख शेरचनले जेठ १२ गतेका लागि अधिवेशन आह्वान गर्नुभएकाे हाे ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ १२ गते शुक्रबार दिनकाे १ बजे प्रदेश सभा भवन, राप्ती उपत्यका (देउखुरी) मा प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयले जनाएकाे छ ।
मंंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेकाे थियाे ।
प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले पनि प्रदेश प्रमुखले प्रदेश सभाको बजेट अधिवेशन आह्वान गर्नुभएको विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे छ ।
