काठमाडाैं । प्रतिनिधि सभाको बैठक साँझ ६ बजेका लागि सरेको छ ।
दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साँझ ६ बजेका लागि सारिएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवरोधका कारण शुक्रबार मध्यान्ह साढे १२ बैठक स्थगित भएकाे थियाे ।
२० मिनेटका लागि भनेर स्थगित गरिएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । तर प्रतिपक्षी र सत्तापक्षबीच कुरा नमिलेपछि फेरि साँझ ६ बजेका लागि बैठक सारिएकाे सूचना टाँसिएकाे हाे ।
बुधबारकाे बैठकमा माओवादीका सांसद् लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको जलहरी राखी भ्रष्टाचार गरेको गम्भीर आराेप लगाउनुभएकाे थियाे ।
त्यसकाे विराेधमा एमालेले आजकाे बैठक अवरुद्ध गरेकाे हाे । एमाले यस विषयमा सदनलाई जवाफ दिन सरकारसँग माग गरेकाे छ भने दाहालकाे अभिव्यक्ति रेकर्डबाट हटाउन भनेकाे छ ।
