काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सरकारकाे नीति तथा कार्यक्रममा ठोस कुरा केही पनि नआएकाे बताउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा भाग लिँदै प्रमुख सचेतक परियारले शिक्षा, स्वास्थ्य, विकास कुनै पनि विषयमा ठाेस कुरा केही नआएकाे बताउनुभयाे । उहाँले नीति तथा कार्यक्रमले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न नसक्ने पनि बताउनुभयाे ।
देशको राजनीतिक अवस्था परिवर्तन भए पनि प्रवृत्ति नबदलिएको बताउँदै उहाँले भन्नुभयाे - 'नीति तथा कार्यक्रम पढिरहँदा यस्तो लाग्छ, हामीले राजनीतिक व्यवस्था त परिवर्तन गर्यौं, तर त्यो परिवर्तन भएको व्यवस्था अनुरूपको हाम्रो प्रवृत्ति रहेन, हामी पात्रहरू त्यही रह्यौं ।'
नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन नसकेकाे बताउँदै प्रमुख सचेतक परियारले भन्नुभयाे - 'नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन सकेन, राज्य व्यवस्थामा अंशियार नै खोज्ने भएपनि १३ प्रतिशत चाहिन्छ ।'
