काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नाे याे कार्यकाल चुनाैतीपूर्ण रहेकाे बताउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथि सांसद्हरुले उठाएका जिज्ञासा तथा प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफ्नाे याे कार्यकाललाई चुनाैती र अवसरकाे रुपमा लिएकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'अहिले तेस्राे कार्यकाल, हुनसक्छ अन्तिम कार्यकाललाई मैले चुनाैती र अवसरकाे रुपमा लिएकाे छु, आफैंमा करेक्सन नगरी हामीले जनतामा पैदा भएकाे मनस्थितिलाई पदल्न सकिँदैन, त्यसकारण मैले आफूलाई एउटा ठूलाे अग्निपरीक्षामा रहेकाे महशुस गरेकाे छु ।'
सुशासन, सामाजिक न्याय र समृद्धिकाे नयाँ अभियानकाे थालनीमा सबैकाे सहयाेग चाहिने भन्दै उहाँले अहिले सरकार र जनताकाे सम्बन्ध विस्तारै विस्तारै जाेडिएकाे अनुभूति भएकाे बताउनुभयाे ।
देश र जनताको हितलाई हेरेर राष्ट्रिय समस्यामा सबै दल एक ठाउँमा उभिनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । भ्रष्टाचार सबै मिलेर मात्र विरुद्धको लडाइँ जित्न सकिने पनि उहाँले बताउनुभयाे ।
सदनमा बाेलिने विषयले सिंगाे समाज र देशलाई नै प्रभाव पार्ने भन्दै प्रधानमन्त्री प्रचण्डले सदनमा सबै सही रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयाे ।सदनमा सबैले तथ्यमा आधारित भएर बहस गर्ने शैलीलाई जाेड दिनुपर्ने भन्दै उहाँले घाेचपेच गरेर केही नहुने बताउनुभयाे । सबैले आँटेमा याे संस्कृति बसाल्न सकिने भन्दै उहाँले यसबाट जनतामा एकताकाे सन्देश दिन सकिने बताउनुभयाे ।
