काठमाडाैं । नेकपा एमालेका सांसद् रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणमा के-के एजेण्डा छन् भनेर प्रश्न गर्नुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि दिएकाे जवाफमा स्पष्टिकरण साेध्दै सांद् पन्तले प्रश्न गर्नुभयाे - 'प्रधानमन्त्रीज्यूले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकाे भूभाग हाे भन्नुभयाे, तर उहाँकाे आसन्न भारत भ्रमणमा याे कुरा वार्ताकाे एजेण्डामा छ कि छैन ?'
ईपीजीकाे प्रतिवेदन, मेचीदेखि महाकालीसम्मकाे सीमा विवाद समाधान गर्ने र पञ्चेश्वर परियाेजना कार्यान्वयन गर्ने विषय उहाँकाे भारत भ्रमणकाे एजेण्डामा छ कि छैन भनेर पनि उहाँले प्रश्न गर्नुभयाे ।
