काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा कालापानी लगायत सीमासम्बन्धी विषय र ईपीजीकाे विषय उठ्ने बताउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रमाथिकाे छलफलमा उठेका प्रश्न जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यी विषयमा आफ्नाे गम्भीर ध्यान रहेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'भारत भ्रमणकाे बेलामा कालापानी लगायत सिमानाकाे विषय, ईपीजीको विषय उठ्छन् कि उठ्दैनन् भन्नुभएकाे छ, याे विषयमा मेराे गम्भीर रुपले ध्यान छ, यी विषय उपयुक्त तरिकाले छलफलमा जान्छन् ।'
एयर रुट लिनेबारे छलफल चलेकाे भन्दै प्रधानमन्त्री प्रचण्डले नयाँ रुट पाउने प्रवल सम्भावना रहेकाे पनि उहाँले बताउनुभयाे ।
