काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकका लागि एउटा माै सम्भावित कार्यसूची ताेकिएकाे छ । बैठकमा अर्थममन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९-०८० काे आर्थिक सर्वेक्षण पेस गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा पहिले सदनमा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ ।
जेठ १५ गते सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक वाध्यता छ । नेपालकाे संविधान २०७२ जारी भएपछि सरकारले हरेक वर्ष जेठ १५ गते सदनमा बजेट प्रस्तुत गर्दै आएकाे छ ।
आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि सरकारले ल्याएकाे नीति तथा कार्यक्रम सदनबाट पारित भइसकेकाे छ ।
