काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट ल्याएको छ ।
साेमबार संघीय संसद्काे संयुक्त बैठकलाई सम्बाेधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ र पुराना कार्यक्रम समेट्दै बजेट सार्वजनिक गर्नुभएकाे हाे । जनअपेक्षालाई सम्बाेधन गर्दै अर्थतन्त्रमा देखिएकाे चुनाैती समाधान गर्नेगरी बजेट तर्जुमा गरेकाे उहाँले बताउनुभयाे ।
देशकाे अर्थतन्त्र २ दशमलव १६ प्रतिशतमा सीमित रहने अर्थमन्त्री महतले बताउनुभयाे । मुद्रास्फिति ७.७६ प्रतिशत रहेकाे भन्दै उहाँले मुद्रास्फितिमा चाप परेकाे बताउनुभएकाे छ । संरचनागत तथा नीतिगत कारणले आर्थिक वृद्धि न्यून देखिएको र उच्च ब्याजदरका कारण लगानीमा कमी आएको उहाँले बताउनुभयाे ।
राजस्व परिचालन कमजाेर रहेकाे अर्थमन्त्री महतले बताउनुभयाे । वैदेशिक सहायता परिचालन पनि अपेक्षा गरिएभन्दा न्यून रहेकाे उहाँले बताउनुभयाे । आर्थिक गतिविधिमा सुस्तता देखिएकाे मन्त्री महतले बताउनुभयाे ।
बजेटका लक्ष्य हासिल गर्न चुनाैती रहेकाे उहाँले बताउनुभयाे ।
