काठमाडौं । आगामी वर्षदेखि बजेटको विनियाेजन विधेयकका सिद्धान्त र प्राथमिकता आगामी वर्षदेखि फागुन महिनामा पेस गरिने भएकाे छ ।
साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले साे जानकारी दिनुभएकाे हाे । उहाँले सांसद्हरुको छलफललाई प्रभावकारी बनाउन बजेटको सिद्धान्त फागुन मसान्तमा पेस गरिने बताउनुभयाे ।
अहिले वैशाख महिनाभित्र बजेटको सिद्धान्त ल्याउने गरिएको छ । अर्थमन्त्री हतले आगामी आर्थिक वर्षबाट बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्दा नै मन्त्रालयहरूको सिलिङ संसद्मा पेस गरिने समेत बताउनुभयाे ।
