काठमाडौं । सरकारले चालु आर्थिक वर्षको विकास बजेट ७० प्रतिशत पनि खर्च गर्न नसक्ने भएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकका अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च कुल १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गर्नुभएको छ । जसमा पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ अर्थात् ६७.९१ प्रतिशत रकम मात्र खर्च हुने अनुमान महतले प्रस्तुत गर्नुभएको छ । वित्तीय व्यवस्था तर्फ २ खर्ब तीन अर्ब २६ करोड अर्थात् ८८ प्रतिशत खर्च हुने संशोधित अनुमान उहाँले सार्वजनिक गर्नुभएको छ ।
चालु खर्च तर्फ भने १० खर्ब ४३ अर्ब ३९ करोड रुपैँया खर्च हुने अनुमान महतले सुनाउनुभयो । यो विनियोजित रकमको ८८ प्रतिशत हो । गत वर्ष देशको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने अनुमान थियो । यो वर्ष आर्थिक वृद्धिदर जम्मा २ दशमलव १६ प्रतिशत मात्रै हुने अनुमान छ ।
