काठमाडाैं । सरकारले २० वटा सार्वजनिक संस्था खारेज गर्ने भएकाे छ ।
साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दोहोरो कार्यक्षेत्र र औचित्य नभएका २० वटा सार्वजनिक संस्था खारेज गरिएकाे जानकारी दिनुभयाे ।
उस्तै प्रकृतिका संस्थाहरुलाई आवश्यकता अनुसार गाबिने पनि उहाँले जानकारी दिनुभयाे ।
