काठमाडौं । देश गम्भीर आर्थिक संकटमा परेको कारण सरकारले आउने वर्ष अनावश्यक खर्च कटौती गर्ने जनाएको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अत्यावश्यक बाहेक सबै खर्च कटौती गरिएको बताउनुभयो ।
आउने आर्थिक वर्षमा नयाँ गाडी तथा फर्निचर खरिद नगरिने उहाँले बताउनुभयो । त्यस्तै सवारी साधनमा प्रयोग गरिने तेलमा समेत कटौती गरिने महतले जानकारी दिनुभयो ।
सवारी साधन प्रयोग गर्ने सरकारी अधिकारीलाई दिइँदै आएको तेल सुविधा कटौती गरी निश्चित रकम मात्र प्रदान गरिने उहाँले बताउनुभयो । सवारी साधनको इन्धन खर्च बापत नगद नै निश्चित रकम उपलब्ध गराउने व्यवस्था मिलाइएका महतले जानकारी दिनुभयो ।
