काठमाडाैं । सरकारले लगानी सम्मेलन गर्ने भएकाे छ ।
साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यही वर्षभित्र लगानी सम्मेलन गरिने बताउनुभयाे ।
लगानीकाे वातावरण बनाउनका लागि पहल गरिने पनि अर्थमन्त्री महतले जानकारी दिनुभयाे । विदेशी लगानीकर्तालाई सुरक्षाकाे प्रत्याभूति गरिने जानकारी पनि दिनुभयाे ।
