काठमाडाैं । सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ बजेट विनियाेजन गरेकाे छ ।
साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ बजेट विनियाेजन गरेकाे जानकारी दिनुभयाे ।
रासायनिक मल खरिद पक्रियामा सुधार गरी समयमै मल उपलब्ध हुने सुनिश्चित गरिने भन्दै उहाँले मल आपूर्ति र वितरण पक्रियालाई पारदर्शी बनाइने बताउनुभयाे ।
