काठमाडाैं । सरकारले गाँजा खेतीका लागि सम्भाव्यता अध्ययन गर्ने भएकाे छ ।
साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधिजन्य प्रयाेजनका लागि गाँजा खेतीकाे सम्भाव्यता अध्ययन गरिने घाेषणा गर्नुभयाे ।
अर्थमन्त्रीले याे घाेषणा गरिरहँदा सांसद्हरु उत्साहित देखिएका थिए ।
