काठमाडाैं । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब २४ कराेड रुपैयाँ बजेट विनियाेजन गरेकाे छ ।
साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले साे जानकारी दिनुभएकाे हाे ।
राेकिएकाे जग्गाकाे कित्ताकाट खुल्ला गरिने घाेषणा पनि उहाँले गर्नुभयाे ।
