काठमाडौं । सरकारले जग्गाकाे कित्ताकाट खुला गरेकाे छ ।
साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले केही समयदेखि रोक्का रहेको जग्गाकाे कित्ताकाट फुकुवा गरिने जानकारी दिनुभयाे ।
सबै मालपोत र नापी कार्यालयको सेवा अनलाइन प्रणालीबाट हुने व्यवस्था गरिने पनि उहाँले बताउनुभयाे ।
अर्थमन्त्री महतले यस वर्ष भूमि आयोगमार्फत् २५ हजार भूमिहीनहरूलाई जग्गाधनी पूर्जा वितरण गर्ने जानकारी दिनुभयाे । देशभरका ११० स्थानीय तहका २५ हजार भूमिहीनले साे लाभ लिने उहाँले बताउनुभयाे ।
