काठमाडाैं । सरकारले सन् २०२३ देखि २०३२ लाई पर्टयन दशककाे रुपमा मनाइने घाेषणा गरेकाे छ ।
साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशककाे रुपमा मनाइने जानकारी दिनुभयाे ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नेपाल घुमाैं नेपाल चिनाैं भन्ने नारासहित अभियान सञ्चालन गरिने पनि उहाँले जानकारी दिनुभयाे ।
