काठमाडौं । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आउने वर्षको बजेट विनियोजन गरेको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आउने आर्थिक वर्षमा कृषिको लागि अहिलेसम्मकै बढी बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
कृषि तथा पशुपन्छी विकासमा आर्थिक वर्ष २०८०/०८१ का लागि लागि ५८ अर्ब ९८ करोड रुपैँया विनियोजन गरिएको जानकारी दिनुभयो ।
यस वर्ष सरकारले कृषि तथा पशुपन्छी विकासका लागि ५५ अर्ब ८९ करोड रुपैँया बजेट विनियोजन गरेको थियो । कृषि क्षेत्रको विकास, रासायनिक मल, पशुपन्छीको महामारी नियन्त्रणको लागि स्वदेशमा नै भ्याक्सिन उत्पादन लगायतका क्षेत्रमा सरकाले बजेट विनियोजन गरेको छ ।
