काठमाडौं । सरकारले विराटनगर, भरतपुर, नेपालगञ्ज र धनगढी विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय स्तरका विमानस्थल बनाउने भएको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले देशका वटा विमानस्थलको स्तरोन्नति गर्न बजेट व्यवस्था गरिएको बताउनुभयो ।
उदयपुरको सगरमाथा, रुकुमको चौरजहारी, दाङको टरीगाउँ र जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने उहाँले जानकारी दिनुभयो । दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिने पनि उहाँले बताउनुभयो ।
