काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ कराेड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयाे ।
खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड बजेट छुट्याएको पनि अर्थमन्त्री महतले जानकारी दिनुभयाे ।
