काठमाडाैं । सरकारले काठमाडौंको वाग्मती तथा विष्णुमती नदी आसापासका अनाधिृकत वस्ती हटाउने भएकाे छ ।
साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले वाग्मती र विष्णुमति नदी किनारको अनाधिकृत बस्ती हटाइने जानकारी दिनुभयाे ।
अर्थमन्त्री महतले विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याइने पनि जानकारी दिनुभयाे ।
