काठमाडाैं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरिएको जानकारी दिनुभयाे ।
सरकारले ज्येष्ठ नागरिक भत्ता भने बढाएन । ६८ वर्षमाथिका वृद्धवृद्धालाई सरकारले मासिक ४ हजार रूपैयाँ वृद्ध भत्ता दिँदै आएको छ ।अर्थमन्त्री महतले सबै खालका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएकाे बताउनुभयाे । उहाँले यसकाे दायरा बढाउने पनि बताउनुभयाे ।
