काठमाडाैं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिर्वतन गर्ने भएकाे छ ।
साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रम पुर्नसंरचना गरिने घाेषणा गर्नुभयाे ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयाे । स्थानीय तहबाट कार्यान्वयन हुने श्रममूलक काममा यस कार्यक्रमअन्तर्गत सूचीकृत बेरोजगारलाई कार्यस्थलमा आधारित तालिमसहितको न्यूनतम रोजगारी प्रदान गरिने अर्थमन्त्री महतले जानकारी दिनुभयाे ।
स्थानीय तहबाट नै श्रम, सीप, उद्यमशीलता विकासलगायत सेवा प्रदान गर्न सक्ने गरी रोजगार सेवा केन्द्रको स्तरोन्नति गरिने पनि उहाँले बताउनुभयाे ।
