काठमाडौं । सरकारले साना करदातालाई सुविधा दिने भएकाे छ ।
साेमबार संघीय संसद्काे दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले साना करदातालाई अब ४-४ महिनामा कर बुझाउने व्यवस्था गरिएको घाेषणा गर्नुभयाे ।
उहाँका अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक १ करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि ४-४ महिनामा कर र साेकाे बुझाउनुपर्नेछ । यसअघि करदाताले हरेक महिना कर र सोको विवरण पेस गर्ने व्यवस्था रहेको थियो।
