काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले देशकाे आर्थिक समस्याको समाधान नदिने बताउनुभएकाे छ ।
साेमबार आगामी आर्थिक वर्षकाे बजेट सार्वजनिक भएपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाकाे संक्षिप्त जवाफ दिँदै अध्यक्ष ओलीले बजेटले अहिलेकाे आर्थिक संकटकाे समाधान नदिने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'बजेटले संकट दर्शाउँछ तर संकटकाे समाधान केही पनि दिँदैन ।'
