काठमाडौं । आर्थिक वर्ष २०८०-०८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात बजेट वक्तव्य सदनमा पेस भएकाे छ ।
आइतबार साँझ बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको प्रति टेबल गर्नुभएकाे हाे । बैठकमा अर्थमन्त्री महतले आर्थिक विधेयक, २०८० पेस गर्नुभयाे । प्रतिनिधि सभाको अर्को बैठक यही जेठ २१ गते बिहान ११ बजे बस्नेछ ।
यसअघि संघीय संसद्काे दुवै सदनकाे संयुक्त बैठकमा अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०-८१ बजेट प्रस्तुत गर्नुभएकाे थियाे ।
आजै बसेकाे राष्ट्रिय सभा बैठकमा पनि बजेट वक्तव्यकाे प्रति टेबल भएकाे छ । अर्थमन्त्रीले बजेट टेबल गर्नुभएकाे हाे । उहाँले आर्थिक विधेयक,२०८० पनि पेस गर्नुभयाे ।
