काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अपेक्षा राखेको छ ।
साेमबार संघीय संसद्काे दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अपेक्षा राखिएकाे जानकारी दिनुभयाे ।
आगामी वर्ष मूल्यवृद्धि ६ दशमलव ५ प्रतिशतमा सीमित गरिने उहाँले जानकारी दिनुभयाे ।
