काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रतिपक्षी दलहरुले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन् ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले, रास्वपा र राप्रपाले बैठक अवरुद्ध गरेका हुन् । प्रतिपक्षी सांसद्हरुले नागरिकता विधेयक तत्काल सदनमा दर्ता गर, संसद्काे विशेषाधिकार खाेस्न पाइँदैन भन्दै नाराबाजी समेत गरेका छन् ।
एमालेले राष्ट्रपतिले असंवैधानिक रुपमा नागरिकता विधेयक कीर्ते गरेकाे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रहित विपरीत अभिव्यक्ति दिएकाेमा कडा आपत्ति जनाएकाे छ ।
यही विषयलाई लिएर एमालेसहित प्रतिपक्षी दलले विराेध जनाएका हुन् ।
