काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक १ घण्टाका लागि स्थगित भएकाे छ ।
आइतबार बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका दलहरूको विराेधका कारण सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएकाे हाे ।
बैठक सुरू हुनासाथ एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका सांसद्ले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा सचेतक सन्ताेष परियार र राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनलाई बाेल्न समय दिनुभएकाे थियाे ।
तर प्रतिपक्षी दलहरुले नाराबाजी कायमै राखेपछि सभामुखले बैठक स्थगित गर्नुभएकाे हाे ।
