काठमाडौं । डेंगु रोग नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता भएकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले डेंगु रोगको रोकथामसम्बन्धी संकल्प प्रस्ताव दर्ता आइतबार संसद् सचिवालयमा दर्ता गराउनुभएकाे हाे ।
डेंगुले महामारीको रुप लिएमा जनधनको अपूरणीय क्षति हुन सक्ने सम्भावनालाई ध्यान दिँदै यसवर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउनुपर्ने भन्दै उहाँले संकल्प प्रस्ताव दर्ता गर्नुभएकाे छ । यसको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार व्यस्थाका लागि संसद्मा गम्भीर रूपले छलफल गरी नेपाल सरकारलाई निर्देशन दिनुपर्ने प्रस्तावमा उल्लेख छ ।
यस्ताे छ संकल्प प्रस्ताव:
