काठमाडाैं । राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलहरुलाई उल्लु बनाउन खाेजेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डसँग स्पष्टिकरण माग गर्दै अध्यक्ष लिङ्देनले प्रतिपक्षका सांसद्ले उठाएमा विषयवस्तुमा ध्यान दिन प्रधानमन्त्रीलाई सुझाव दिनुभयाे ।
'सभामुख महाेदय, हामीले यहाँ आज-हिजाे उठाएकाे कुरा विधेयककाे भित्र के छ भन्ने हाेइन, प्रकियाकाे कुरा हाे, यसमा तमाम प्रतिपक्षलाई उल्लु बनाउन पाइँदैन'-उहाँले भन्नुभयाे ।
अध्यक्ष लिङ्देनले भारतकाे अखण्ड भारत नक्सामा नेपालकाे भूमि राखिएकाे विषयमा कुरा भयाे या भएन भएकाे भए के कुरा भयाे भन्नेबारे सदनलाई जानकारी गराउन पनि प्रधानमन्त्रीसँग माग गर्नुभयाे ।
