काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीले संसद्लाई उल्लु बनाउन नमिल्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको वक्तव्य माथि प्रश्न गर्दै लिङ्देनले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक भित्रको विषय नभई प्रमाणीकरणको प्रक्रियाको विषयमा संसदमा कुरा उठेको बताउनुभयो । राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा विधेयक प्रमाणीकरण गर्नु गैरसंवैधानिक काम भएको उहाँले प्रष्ट पार्नुभयो ।
भारतको संसद् भवनमा नेपालको भूमि समेटेर टाँसिएको नक्साको विषयमा भारतमा के कुरा भयो ? भन्ने विषयमा पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने लिङ्देनले माग गर्नुभयो । ‘त्यहाँ के कुरा भयो, तपाईँको धारणा के हे ?’, उहाँले प्रश्न गर्नुभयो ।
बङ्गलादेश जाने बाटो भनेको नेपाल बङ्गलादेशसँग जोडिन खोजको नभई बन्दरगाहसम्म जोडिन खोजेको उहाँले बताउनुभयो । भूपरिवेष्टित मुलुकको सामुन्द्रिक बन्दरगाहमा जोडिन कुरा केसैको निगाह नभई अधिकार भएको उहाँले प्रष्ट पार्नुभयो ।
