काठमाडाैं । नेकपा एमालेकी सांसद् सुनिता बरालले नेपाली बैंकमा अलपत्र अवस्थामा रहेको भारतीय रुपैयाँको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डसँग स्पष्टिकरण माग गर्दै सांसद् बरालले क्रस बोर्डर ट्रान्सफरको कुरा भइरहेकाले नेपाली बैंकमा अलपत्र रहेको करोडौं भारतीय रुपैयाँका बारेमा के-कस्ता सहमति भए ? भन्ने प्रश्न गर्नुभयाे ।
'अग्निपथ योजनाका बारेमा तपाइँले के-के विषय उठाउनुभयो ? क्रस बोर्डर ट्रान्सफरको कुरा भइरहेको छ, नेपाली बैंकमा अलपत्र रहेको करोडौं भारतीय रुपैयाँका बारेमा के-कस्ता सहमति भए ? नेपाली भूमिका विषयमा संयुक्त राष्ट्रसंघको कन्भिन्सन अफ द ल अफ सिले भूपरिवेष्ठित मुलुकले पाउने अधिकारका विषयमा प्रष्ट बोलेको छ, त्यो अध्ययन गरेर जानु भएको भए राम्रो हुन्थ्यो, कुन विज्ञले तपाइँलाई त्यति ठूलो प्राधिकार दिएर पठायो जान्न चाहान्छु'-
न्यूनतम कूटनीतिक मर्यादा पालना नगरेपनि हुने तपाइँकाे बुझाइ हाे कि अरु केही भन्ने प्रश्न पनि सांसद् बरालले गर्नुभयाे ।
