काठमाडौं । नेकपा एमालेकी सांसद् अमृतादेवी अग्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अखण्ड भारतकाे नक्सामा राखिएकाे नेपालको लुम्बिनी र कपिलवस्तुकाे विषयमा नबाेलेकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
सोमबार बसेकाे प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डसँग स्पष्टिकरण माग गर्दै सांसद् अग्रहरीले भारत भ्रमणको बेला साे विषयमा प्रधानमन्त्रीले नबाेलेकाे र त्यसबारे सदनमा पनि जवाफ नदिएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
कतै भारतलाई नेपाली भूमि बेच्ने काेशिस गर्नुभएकाे हाे कि भन्ने प्रश्न पनि उहाँले गर्नुभयाे । सांसद अग्रहरीले भन्नुभयाे - 'प्रधानमन्त्रीज्यू देश रहेन भने कहाँ राजनीति गर्नुहुन्छ ? तपाइँ भारत जानुभन्दा पहिला नै सुन्नुभएको थियो, कपिलवस्तु, लुम्बिनी लगायत नेपालका भूभाग भारतको नक्सामा समावेश गरिएको छ, तपाइँले अहिले जति भनाई रोष्टमबाट दिनुभयो त्यो सबै गौण थियो, कपिलवस्तु, लुम्बिनी लगायत अन्य भूभागको विषयमा तपाई एक शब्द बोल्न सक्नुभएन, कतै कपिलवस्तु र लुम्बिनी तपाइँरुले बेचेको त हैन ? नत्र तपाई किन रोष्टमबाट बोल्न सक्नुभएन ?'
