काठमाडौं । प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रतिनिधि सभामा सत्ता पक्षका सांसदले प्रतिनिधि सभा सञ्चालन नियमावली विरुद्ध दादागिरी गरेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको वक्तव्य माथि सांसद् सिसिर खनालले प्रश्न गर्दै गर्दा सत्ता पक्षका सांसदहरु उठेर नियमापत्ति जनाई उहाँलाई बोल्न रोकेपछि थापाले सत्ता पक्षले दादागिरी देखाएको बताउनुभयो । नियमावलीमा एउटा सांसदले बोल्दै गरेको बेला कसैले बाधा पार्न नहुने र अवरोध गर्न नहुने व्यवस्था भए भए पनि सत्ता पक्षका सांसदले त्यसको पालना नगरेका थापाले बताउनुभयो ।
एकजना सदस्यले बोलिरहेको बेला सत्ता पक्षका सांसदले दादागिरी देखाउन नपाइने उहाँले बताउनुभयो । ‘बोल्ने अधिकारमा कुण्ठित गर्न पाइँदैन, नियमावलीको पालना गरियोस्, यो दादागिरी स्वीकार्य हुन्न, यो कुनै हालतमा स्वीकार्य हुन्न’, उहाँले भन्नुभयो ।
