काठमाडौं । सभामुख देवराज घिमिरेले सदनमा दोहोरी खेलेर समस्या समाधान नहुने बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभामा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने क्रममा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलले विराेध गरेपछि सभामुखले सभामुखले सभालाई सहज रुपमा लैजान सांसद्हरुलाई आग्रह गर्नुभयाे ।
उहाँले भन्नुभयाे - 'अहिले हामी छलफलमा छैनाैं, माननीयहरु दोहोरी खेलेर त याे संसदीय कारबाही अगाडि जाँदैन माननीयज्युहरू, अहिले प्रधानमन्त्रीजीले स्पष्टिकरण दिइरहँदा केहीमा नियमसम्मत भएन भने यहाँहरुले राख्न सक्नुहुन्छ, अन्यथा सदन सुचारु गर्न दिनुस्, यही दाेहाेरी खेलेपछि समस्या कसरी समाधान हुन्छ ?'
सभामुख घिमिरेले संसदीय मर्यादाअनुसार चल्न सुझाउनुभयाे ।
